गृह जिल्ला आए गृहमन्त्री, सुरक्षा व्यवस्थालाई चुस्त राख्न निर्देशन – Nepal Press

गृह जिल्ला आए गृहमन्त्री, सुरक्षा व्यवस्थालाई चुस्त राख्न निर्देशन

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण मंगलवार गृह जिल्ला रुपन्देही आएका छन् ।

मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा उनले ले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् ।

बैठकमा खाणले चार वटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान आग्रह गरे ।

मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री खाणले समन्वय, सहकार्य सबैभन्दा महत्त्वपूर्ण हुने जनाए ।

उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रहरूको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको गृहमन्त्री खाँणको भनाई उद्धृत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

खाणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदान स्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार गर्न निर्देशन दिएका थिए ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो ।

यस्तै, तीन वटै जिल्लाका सशस्त्र, नेपाली प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुख पनि सहभागिता थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले चार्टै सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आआफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

साथै सुरक्षा अधिकारीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए ।

रुपन्देहीमा २०८ मतदान स्थल कायम गरिएका छन् । तीमध्ये ६३ अति संवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जनाए ।

रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर