म्यान्चेस्टर सिटीका खेलाडी महारेजको एलन मस्कलाई ट्विटः ब्रो, मलाई मेरो निलो टिक फिर्ता दिनुहोस् – Nepal Press

म्यान्चेस्टर सिटीका खेलाडी महारेजको एलन मस्कलाई ट्विटः ब्रो, मलाई मेरो निलो टिक फिर्ता दिनुहोस्

काठमाडौं । म्यान्चेस्टर सिटीका स्टार खेलाडी रियाद महारेजले एलन मस्कलाई ट्वीटरमा आफ्नो भेरिफाइड स्ट्याटस पुनर्स्थापित गर्न अपिल गरेका छन् । उनको सामाजिक सञ्जालबाट ब्लु टिक हालै हटाइएको थियो ।

तीस लाख फलोअर्स भएका अल्जेरियन फुटबलर महारेजको वषैँ देखिको अकाउन्टबाट भेरिफाइड स्टाटस हराइएको छ । जसलाई पुनः प्राप्त गर्न उनले ट्विटरका नयाँ मालिक एलन मस्कलाई अपिल गरेका हुन् ।

उनले ट्विटरमा ‘ब्रो एलन मस्क गिभ मी माई ब्लु टिक ब्याक’ भन्दै लेखेका छन् ।महारेज यसै हप्ता च्याम्पियन्स लिगमा महत्वपूर्ण प्रतिस्पर्धा रहेको छ ।

सिटी च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि रियाल मड्रिड सँग प्रतिस्पर्धा गर्न स्पेन यात्रा गर्दैछ । सिटीले पहिलो लेगमा घरेलु मैदानमा रियालविरुद्ध ४–३ गोलको नजितामा जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर