भारतको राजस्थानमा सम्प्रदायिक झडप , इन्टरनेट सेवा अवरुद्ध – Nepal Press

भारतको राजस्थानमा सम्प्रदायिक झडप , इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । भारतको राजस्थानस्थित जोधपुरको जलोरी गेट क्षेत्रमा सम्प्रदायिक झडप भए छि इन्टरनेट सेवा बन्द गरिएको छ ।

भारतीय संचारमाध्यमहरुले जानकारी गराए अनुसार सोमबार राति स्थानीयहरुले परशुराम जयन्ती मनाउनका लागि झण्डाहरु राखेर तयारी गरेका थिए सोही समयमा अर्को जातीय समूहले उक्त झण्डा फालेर आफ्नो जाति विशेष झण्डा र लाउड स्पिकर राखेपछि विवाद सुरु भएको थियो ।

मंगलबार इदको नमाज पढिसकेपछि सो झण्डा विवाद पुन सुरु भई दुई समूह बीच झडप भएको हो । दुई समूहबीच झडप सुरु भएपछि प्रहरी बल प्रयोग गरि झडपलाई शान्त पार्ने प्रयास गरेको थियो ।

झडपमा दुई जना सुरक्षाकर्मी र एक जना पत्रकार घाइते भएको जनाइएको छ भने हाल तनावग्रस्त क्षेत्रमा भारी मात्रामा सुरक्षाकर्मी खटाइनुका साथ साथै इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर