काठमाडौंमा के गर्दैछन् राहुल गान्धी ? एलओडीको सांगितिक माहौलमा यसरी झुमे (भिडिओ) – Nepal Press

काठमाडौंमा के गर्दैछन् राहुल गान्धी ? एलओडीको सांगितिक माहौलमा यसरी झुमे (भिडिओ)

काठमाडौं । वैवाहिक समारोहमा भाग लिन काठमाडौंमा आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ‘कम्प्लिट इन्फर्मल’ भेटघाट र घुमघाममा व्यस्त रहेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

राहुलसँग दूतावासका अधिकारीहरु सम्पर्कमा छन् तर सरकारको तर्फबाट उनले विशेष सुरक्षा अश्वीकार गरेका छन् । नागपोखरीस्थित मेरियट होटलमा बसिरहेका गान्धी सोमवार राधी ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा देखिएका थिए ।

गान्धीले नेपाली मौलिक खानामा रुची राखेको मेरियट होटलका कर्मचारीहरुले बताए । उनले यसअघि आउँदा नेवारी परिकार खाएकाले यसपटक पनि ती खानाबारे सोधीखोजी गरेका थिए ।

करीव २ घण्टा भिआइपी कक्षमा बिताएका उनी त्यहाँको सांगितिक माहौलमा सरिक भएका थिए । एनआरएनका पूर्व उपाध्यक्ष तथा म्यान्मारका लागि पूर्व नेपाली राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विहेमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

सिएनएनमा लामो समय काम गरेकी सुम्निमा राहुलको मित्र हुन् । कुनै बेला भारतीय मिडियामा राहुल र सुम्निमाको विहे हुन लागेको समाचार समेत आएका थिए ।

राहुल यसपटक काठमाडौं बाहिरको पर्यटकीय क्षेत्रमा पनि भ्रमणको तयारीमा रहेको स्रोतले जनाएको छ । उनी तीन वर्षअघि पनि मानसरोबर जाने क्रममा काठमाडौंमा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर