सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते – Nepal Press

सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

काठमाडौं। सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।

सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएकाे झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

One thought on “सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

  1. चुनाबताका झगडा हुँदैन होईन हुन्छ तर तल जनता जुधने जो सँगै बस्नुपर्ने -मिलेर बिकाश गर्नुपर्ने , माथि नेताहरू मिलीजान्छन् ! तेसैले जनता जुधनु बेकार छ, यो बुध्दीमानी होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर