आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै – Nepal Press

आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । हरेक वर्ष मे ३ तारिखमा मनाइने यो दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना भएका छन् ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर