निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौः मन्त्री झाँक्री – Nepal Press

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् ।

निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताईन ।

उनले भनिन्, ‘निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौं । निर्माणका काम रोकेर नबसौं ।’

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताईन ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताईन ।

  • उनले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरि दिन आग्रह गरिन् । अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर