कांग्रेस नेतृ आरजुले भनिन्- व्यक्ति विशेषका लागि गठबन्धन बनेको होइन – Nepal Press

कांग्रेस नेतृ आरजुले भनिन्- व्यक्ति विशेषका लागि गठबन्धन बनेको होइन

कैलाली । नेपाली कांग्रेसक नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कुनै व्यक्ति विशेषका लागि गठबन्धन नबनेको जिकिर गरेकी छन् ।

आज धनगढी स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले गठबन्धनको औचित्य र आवश्यकता बारे प्रकाश पारेकी हुन् ।

‘सबैतिर बदमासी भएपछि गठबन्धन बनेको हो । यो गठबन्धन कसैको व्यक्तिगतका लागि बनेको होइन’ उनले भनिन्, ‘संविधान बचाउन र जनताको अधिकारका स्थापना गर्न गठबन्धन बनेको हो ।’

देउवाले कांग्रेसको नेतृत्वमा आएको संविधान मास्ने प्रयास भएको समेत टिप्पणी गरिन् ।

‘कांग्रेसले संविधान ल्यायो । कार्यान्वयन गर्ने भन्दा एमालेले भत्काउन लाग्यो’ उनले भनिन्, ‘तानासाह प्रवृत्ति उल्टाउन सरकार गठन भयो ।’

स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरू इमानदार बन्न समेत उनले आग्रह गरेकी थिइन् ।

फरक दलले फरक दललाई मतदान गर्न सकस मानिरहेको सङ्केत गर्दै उनले भनिन् , कसैले भन्छन्, हरिया हतौडामा कसरी भोट हाल्ने ? हँसिया हतौडामा भोट हाल्नेले कसरी रुखमा भोट हाल्ने भन्नुहुन्छ । तर यो संयुक्त लडाइ हो । विचारको लडाइ हो । गठबन्धनले बनाएका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’

उनले धनगढी उपमहानगरपालिका मुलुककै उत्कृष्ट रहेको समेत बताएकी थिइन् । धनगढी उपमहानगरपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरूलाई जिताउन उनले आग्रह गरिन् ।

‘धनगढी समृद्धिको बाटोमा लम्किरहेको छ’ उनले भने, ‘नृप बहादुर वडकै कारण धनगढीमा समृद्धि पलाएको हो । उहाँलाई जिताउन आवश्यक छ ।’

गठबन्धनको तर्फबाट धनगढीमा प्रमुखमा कांग्रेसका पूर्व मेयर समेत रहेका नृप बहादुर र माओवादीबाट शान्ति अधिकारी छन् ।

एमालेको तर्फबाट प्रमुखमा रण बहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बनेका छन् ।

स्वतन्त्र तर्फ गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस नेतृ आरजुले भनिन्- व्यक्ति विशेषका लागि गठबन्धन बनेको होइन

  1. देउवाकाे प्रधानमन्त्री पद जाेगाउन, प्रचण्डकाे छाेरी जिताउन र माधव नेपालकाे पार्टीलाई२/४ सिट जिताउन गठबन्धन भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर