वालेटको कारोबारमा कडाइ, नगद झिक्न र बैंकमा पैसा पठाउन नपाइने – Nepal Press

वालेटको कारोबारमा कडाइ, नगद झिक्न र बैंकमा पैसा पठाउन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटको कारोबारलाई कडाइ गरेको छ ।

आज बैंकले निर्देशन जारी गरेर क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक रकम ट्रान्सफर गर्न नपाइने व्यवस्था गरेको हो ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन गरेर सो व्यवस्था लागू गरेको हो ।

ग्राहकलाई अत्यावश्यक परेका कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद पाइने छ ।

क्रेडिट कार्डबाट वालेटमा हालेको पैसाले विद्युतीय माध्यमबाट बस्तु किनेको र सेवा लिएको पैसा तिर्ने सकिने छ ।

एकले अर्कालाई विद्युतीय माध्यबाट पैसा पठाउँदा के प्रयोजनका लागि हो, त्यो प्रस्ट खुलाउनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर