सिटी एक्सप्रेस र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता – Nepal Press

सिटी एक्सप्रेस र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने छ ।

साथै, सिटी एक्सप्रेसमार्फत आएको रेमिट्यान्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको हो । यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेश रहेकाले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर