भन्सार छलेर ल्याइएको स्वास्थ्यसामग्री बरामद – Nepal Press

भन्सार छलेर ल्याइएको स्वास्थ्यसामग्री बरामद

विराटनगर । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको स्वास्थ्य सामाग्री बरामद गरेको छ । भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको औषधिलगायतका स्वास्थ्यसामग्री सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको हो ।

प्रहरीले २ सय ३५ प्याकेट सर्जिकल ब्लेड, २ हजार ७ सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र २ सय पिस अक्सिजन फेस मास्क बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

त्यस्तै जोगवनीबाटै अवैध तरिकाले नेपाल ल्याउँदै गरेको कपडालगायतका सामान पनि सशस्त्रले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८३ पिस कुर्ता सलवार, १४ थान बाल्टिन र १ कार्टुन प्लाष्टिकको चम्चा तथा प्लेट बरामद गरिएको छ ।

दुबै स्थानबाट बरामद् भएका सामाग्री २ लाख २५ हजार ३ सय रूपैयाँ बराबरको रहेको र आवश्यक कारवाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *