सानेपामा घर फोडेर ४० लाखको धनमाल चोरी, दुई जना पक्राउ – Nepal Press

सानेपामा घर फोडेर ४० लाखको धनमाल चोरी, दुई जना पक्राउ

काठमाडौं । ललितपुरको सानेपास्थित एक घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीको सामान खरिद गर्नेसमेत रहेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका- २ का ३२ वर्षीय नारायण श्रेष्ठ र खोटाङको कापियागढी गाउँपालिका- २ स्थायी घर भई काठमाडौंको बानियाँटार बस्ने ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ गरेको हो ।

श्रेष्ठले चोरी भएको सामान गजमेरलाई बिक्री गरेको प्रहरीको दावी छ । गरगहना, नगदसहित विभिन्न धनमाल श्रेष्ठले चोरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चाँदीका बाला तथा सिक्काहरु ९५ तोला, सुनका गरगहनाहरु तीन तोला र २५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर