सर्वोच्च अदालतमा एआईजी पोखरेलको रिट दर्ता, बुधवारलाई पेशी – Nepal Press

सर्वोच्च अदालतमा एआईजी पोखरेलको रिट दर्ता, बुधवारलाई पेशी

काठमाडौं । धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र बुधवारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले पोखरेल भन्दा १६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर