निर्वाचन धाँधलीरहित र निष्पक्ष बनाउन नव नियुक्त आईजीपीहरुलाई गृह मन्त्रीको निर्देशन – Nepal Press

निर्वाचन धाँधलीरहित र निष्पक्ष बनाउन नव नियुक्त आईजीपीहरुलाई गृह मन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाडले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का नवनियुक्त महानिरीक्षक (आईजीपी) हरूलाई आसन्न स्थानीय निर्वाचन धाँधलीरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्न आजदेखि लाग्न निर्देशन दिएका छन् ।

आईजीपीको फुली लगाएपछि सशस्त्रका आईजीपी राजु अर्याल र नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहसँगको शुभकामना भेटघाटमा गृहमन्त्री खाँडले त्यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिंह र अर्याललाई क्रमशः नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनअघि नेपाल प्रहरीका उच्च तहमा ठुलो संख्यामा दरबन्दी रिक्त छ ।

एआईजीमा ५ र डीआईजीमा ११ दरबन्दी रिक्त छ ।

एसएसपीमा पनि १२ दरबन्दी रिक्त रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *