नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण रद्द – Nepal Press

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० खेल वर्षका कारण रद्द भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर जिम्बावेले पहिला ब्याटिङ गरिरहेको थियो । खेल ४.३ ओभर हुँदा पनि परेपछि केहि बेर खेल रोकिएको थियो ।

पुनः पानी रोकिएपछि २ ओभर घटाएर खेल गराउने निर्णय अम्पायरले गरेका थिए ।

२ : २० मा खेल सुरु हुनै लाग्दा भरि वर्षा भएपछि खेल स्थगित भएको हो ।

जिम्बावे ए ले ४.३ ओभरमा सुरुवाती दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।

जिम्बावे ए सँग तीन खेलको टी २० सिरिज खेलिरहेको नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थिय ।

जिम्बावे ए सँगका तेस्रो खेल बुधवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *