भीम रावलको प्रश्न- विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? – Nepal Press

भीम रावलको प्रश्न- विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन ।’

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरू भएको रावलको आरोप छ ।

‘यहीँबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरू हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर