एनभीए भलिबल लिगः पुलिस र आर्मीको विजयी सुरुवात – Nepal Press

एनभीए भलिबल लिगः पुलिस र आर्मीको विजयी सुरुवात

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न महिलातर्फको खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटमा हराएकाे हाे ।

पुलिसले एपीएफलाई २५–२०, २५–२३, १७–२५, २५–१६ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत निकाल्यो ।

यसअघि भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई २५–१९, २५–७ र २५–१८ को सोझो सेटमा हराउँदै महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्‍याे ।

छैटौं संस्करणको एनभीए च्याम्पियनसिपमा सोमबार पुरुषतर्फको पहिलो खेलमा साविक उपविजेता हेल्प नेपाल स्पोर्ट्स र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबले खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर