बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा – Nepal Press

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरामा नयाँ शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकस्थित पावरहाउसमा आजदेखि नयाँ शाखा सञ्चालनमा आएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको व्यक्त गरे ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डूले उद्योग व्यवसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर