सोमबार घट्याे सुनको मूल्य – Nepal Press

सोमबार घट्याे सुनको मूल्य

काठमाडौं । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर