नवनियुक्त आईजीपीबाट मुलुक ‘रामराज्य’ बन्ने गृह मन्त्रालयको अपेक्षा – Nepal Press

नवनियुक्त आईजीपीबाट मुलुक ‘रामराज्य’ बन्ने गृह मन्त्रालयको अपेक्षा

काठमाडौं । नवनियुक्त आईजीपीद्वयबाट मुलुकलाई ‘रामराज्य’ बनाउने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दर्ज्यानी चिह्न लगाउँदै गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले यस्तो बताएका हुन् ।

‘तपाईंहरुबाट हामीले देशलाई रामराज्य बनाउने अपेक्षा गरेका छौं’, गृह सचिव पाण्डेले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला, मन्त्रालयको तर्फबाट शुभकामना छ ।’

अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियर सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् ।

वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् । सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ ।


प्रतिक्रिया

One thought on “नवनियुक्त आईजीपीबाट मुलुक ‘रामराज्य’ बन्ने गृह मन्त्रालयको अपेक्षा

  1. केहिकाे रामराज्य त भैसक्याे हाेलानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर