पाल्पाको तिनाउमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु – Nepal Press

पाल्पाको तिनाउमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ दोभान सिद्ध बाबा नजिकै तिनाउ नदीको ड्याम साइटमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

आइतबार बेलुका भारत गोरखपुरका ३५ वर्षीय अंकित श्रीवास्तव ड्याम साइटमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पुर्‍याए पनि चिकित्सकले श्रीवास्तवलाई मृत घोषणा गरेका थिए ।

गोरखपुरबाट साथीभाइसँग नेपाल घुम्न आएका श्रीवास्तव गर्मी छल्न तिनाउ नदीमा पौडिने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटनाको विषयमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर