कैलालीमा महिला र पुरुष एउटै डोरीमा झुन्डिएकाे अवस्थामा फेला – Nepal Press

कैलालीमा महिला र पुरुष एउटै डोरीमा झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं । कैलालीको तुल्सीपुर सामुदायिक वनमा महिला र पुरुष एउटै डाेरीकाे पासाेमा झुन्डिएको अवस्थामा फेला परेकाे छ ।

बझाङको जय पृथ्वी नगरपालिका- २ बाजगाउँका २८ वर्षीय अम्मरराज जोशी र २४ वर्षीया अस्मितासिंह झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अस्मिता अम्मरराजको दोस्रो श्रीमती भएको पाइएको छ । प्रहरीका अनुसार उनले अस्मितालाई विवाह गरेर गत चैत २६ गते कैलालीकै घोडाघोडी नगरपालिका- ५ देउकलियास्थित एक आफन्तको घरमा ल्याएका थिए ।

भोलिपल्ट त्यहाँबाट निस्किएका उनीहरु त्यसपछि सम्पर्कविहीन थिए । प्रहरीका अनुसार महिला भुईमा खसेको र पुरुषको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

दुइटै शव सडेको अवस्थामा रहेकाले केही साता पहिला नै उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर