पूजाको जन्मदिनमा तामझाम, फ्यानले दिए सुनका गरगहना उपहार – Nepal Press

पूजाको जन्मदिनमा तामझाम, फ्यानले दिए सुनका गरगहना उपहार

काठमाडौं । विभिन्न स्क्यान्डलमा मुछिएर बारम्बार चर्चा र विवादमा आइरहने नायिका हुन् पुजा शर्मा । अभिनय र सुन्दरता दुवैमा औसत भए पनि उनको फ्यान फलोइङ लोभलाग्दो छ ।

उनै पूजाले हिजो आफ्नो जन्मदिन मनाइरहँदा फ्यानहरुको गज्जब उत्साह देखियो । पूजा शर्मा फ्यान क्लबले काठमाडौंमा एउटा होटल नै भाडामा लिएर पूजाको जन्मदिन तामझामपूर्वक मनाइदिएका थिए । यदि त्यहाँको दृष्य ‘फेक’ होइन भने पूजालाई फ्यानहरुले सुनका महंगा गरगहना उपहारसमेत दिएका छन् ।

उनलाई हिजो बिहानैदेखि जन्मदिन मनाउन भ्याइनभ्याइ थियो । बिहानै कालभैरव मन्दिर पुगेर पूजाले पूजा गरिन् । त्यसपछि आमासँग जन्मदिन र मातातिर्थ औंसीको केक काटिन् । दोस्रो केक उनले कोरियन फेसियल हाउसमा पुगेर काटिन जहाँ उनको साथमा प्रेमी युद्ध बानियाँ समेत थिए ।

तेस्रो केक पुजाले फ्यानहरुका बीचमा काटेकी हुन् । उनको जन्मदिन मनाउन फ्यानक्लबले आनन्द होटलमा भव्य सजावट गरेको थियो । पूजा कालो कारमा सवार भएर आमासँग आइन् र फ्यानहरुले उनलाई फुल वर्षाएर स्वागत गरे । त्यसपछि जन्मदिनमा उपहार दिने र केक काट्ने काम भएको थियो ।

फ्यानहरुले दिएका गिफ्टलाई पुजाले क्यामराहरुकै अगाडि खोलेकी थिइन् । केही फ्यानको उपहार बाकसमा सुन (?) का गहना भेटिएका थिए । फ्यानले दिएको औंठी र नेकलेस लगाउँदा पूजा भावुक देखिएकी थिइन् । उनले आफूले चलचित्र क्षेत्रमा नसोचेको माया पाएको बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर