अष्ट्रेलियाका प्रधानमन्त्रीले भने- मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउँछु – Nepal Press

अष्ट्रेलियाका प्रधानमन्त्रीले भने- मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउँछु

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने अठोट व्यक्त गरेका छन् ।

उनले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दाबी गरेका छन् ।

उनले आफूभन्दा अर्को व्यक्ति निर्वाचित भएमा त्यो व्यवस्था लागू गर्न सक्ने वा नसक्ने भन्न नसकिने पनि उनले स्पष्ट पारेका छन् ।

आफू फेरि पनि प्रधानमन्त्रीमा निर्वाचित भएमा औषधीको खर्च घटाउने काम मुख्य हुने उनले जानकारी दिए ।

उनले औषधीमा सरकारी अनुदान बढाउदै उत्पादक तथा बिक्रेताहरूलाई नाफा घटाएर उपभोक्ताका लागि औषधीको मूल्य घटाउन सकिने उनको भनाई छ ।

अष्ट्रेलियामा आगामी मे २१ मा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको छ । त्यसका लागि अहिले निर्वाचन प्रचार प्रसारको काम तीब्र रुपमा भइरहेको छ ।

औषधीको मूल्यसँग मानिसको जीवन जोडिएकाले त्यसलाई सस्तो बनाउनु हितकर र उपयोगी काम हुने उनले बताए ।

अष्ट्रेलियामा अहिले प्रधानमन्त्री नेतृत्वको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी लेबर पार्टीका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दुवै पक्षले आफूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने गरी आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर