रियाल मड्रिडलाई ३५औं लालिगा उपाधि – Nepal Press

रियाल मड्रिडलाई ३५औं लालिगा उपाधि

काठमाडौं । स्पेयनल लाई ४–० गोलको नतिजामा पराजित गर्दै रियाल मड्रिडले ३५औं स्पेनिस लालिगाको उपाधि जितेको छ ।

घरेलु मदानमा रियाललाई चार खेल अगावै च्याम्पियन बनाउन रोड्रिगोले दुई गोल गरे । मार्को एसेन्सियो तथा करिम बेन्जेमाले एक–एक गोल गरे ।

खेलको ३३औं मिनेटमा रोड्रिगोको गोलमा अग्रता लिएको मड्रिडका लागि ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमै दुई गोलको अग्रता बनाएको रियालका लागि खेलको ५५औं मिनेटमा एसेन्सियोले तेस्रो गोल गरे ।

रियालको जित सुनिश्चित गर्न बेन्जेमाले ८१औं मिनेटमा चौथो गोल गरे ।

चार खेलअगावै च्याम्पियन बनेको मड्रिड ३४ खेलमा २५ जित ६ बराबरी र तीन हारको नतिजासहित ८१ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको सेभियाको ६४ अंक छ भने ६३ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *