एसियाली खेलकुदका लागि भारोत्तोलनका १६ खेलाडी प्रारम्भिक छनोटमा – Nepal Press

एसियाली खेलकुदका लागि भारोत्तोलनका १६ खेलाडी प्रारम्भिक छनोटमा

काठमाडौं। एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष/महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा त्रिभुवन आर्मी क्लबका तुलाराम महतो, ६७ केजीमा नेपाल पुलिस क्लबका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी र ८१ केजीमा कञ्चनपुरका विकास भट्ट छनोट भए ।

यस्तै ९६ केजीमा प्रहरीका विशाल सिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा पुलिसकी सङ्गीता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सज्नु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष÷महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले १, विशाल सिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए ।

महिलामा सज्नु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर