गठबन्धनका उम्मेदवारले गरे सहिदकी आमालाई सम्मान – Nepal Press

गठबन्धनका उम्मेदवारले गरे सहिदकी आमालाई सम्मान

सुनसरी । सुनसरीको धरानमा मातातिर्थ औँसीका अवसरमा सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुली सम्मानीत भएकी छन् ।

शनिबार पराजुलीलाई वाम लोकतान्त्रिक गठबन्धन धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले सम्मान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा हरिमायालाई सम्मान गरेका हुन् । सहिद पराजुली २३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका थिए ।

२० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरुसँग घरबाट निस्केको थियो, हालसम्म फर्किएन । अन्य साथीहरु घर फर्किए ।’ उनले थपिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए तर लास देख्न पाएनौं ।’

गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले धरानका युवाहरुको साथ र वृद्धवृद्धा आमाबुबाहरुको आशिर्वादले मनोबल बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर