एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न – Nepal Press

एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न

काठमाडौं । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ ।

नेपाल ब्याडमिन्टन संघले वैशाख १५ गते देखि तीन दिनसम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० वरियता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए ।

उनले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एसियाली खेलकुदका लागि वरियताका आधारमा खेलाडी छनौट गर्ने बताए ।

छनौट प्रतियोगिताबाट पुरुषतर्फ प्रथम स्थानमा विश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् । यस्तै दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो वरियताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहेका छन् ।

यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर