गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको टायर पड्किएपछि उडान अवतरण रोकियो – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको टायर पड्किएपछि उडान अवतरण रोकियो

रुपन्देही । बुद्ध एयरको जहाजको टायर पड्किएपछि बिहान ११ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण रोकिएको छ।

भैरहवास्थित गौतमबुवुद्ध विमानस्थलबाट काठमाडौंको लागि उडान गर्न रनवेमा रनिङ गरेको उडान नं ८५६ को जहाजको टायर पड्किएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी सहायक निरीक्षक होम बहादुर मिदुन मगरले जानकारी दिए ।

अहिले उक्त जहाज रनवेमै रोकिएको छ भने अरु जहाजको उडान र अवतरण अवरुद्ध भएको मगरले बताए ।

रनवेमा रनिङकै क्रममा जहाजको अगाडिको टायर पड्किएपनि जहाज र यात्रुहरुमा कुनै क्षति भने नभएको मगरले बताए । जहाजमा दुईजना बालबालिका सहित ७० जना यात्रु थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर