बनेपाको मेयर बन्न अधिकृतको जागिर छाडेका गिरीले पाए ‘पुतली’ चुनाव चिह्न – Nepal Press

बनेपाको मेयर बन्न अधिकृतको जागिर छाडेका गिरीले पाए ‘पुतली’ चुनाव चिह्न

काठमाडौं ।  मेयरको उम्मेदवार बन्न अधिकृतबाट राजीनामा दिएका कञ्चनराज गिरीले पुतली चुनाव चिह्न पाएका छन् ।

उनी बनेपा नगरमा मेयरको स्वतन्त्र उम्मेदवार हुन् ।

निर्वाचन आयोगले शनिवार चुनाव चिह्न दिएको हो ।

गिरीले बनेपाको मेयर बन्न काली गण्डकी ‘ए’को प्रशासन प्रमुखबाट राजीनामा दिएका थिए ।

उनले २२ औँ पटकमा लोकसेवामा नाम निकालेका थिए । जागिर खाएको ५ महिना पनि नबित्दै गिरीले राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर