तालिबानविरुद्ध नयाँ युद्ध सुरु गर्ने भूतपूर्व सैनिक जेनरलको उद्घोष – Nepal Press

तालिबानविरुद्ध नयाँ युद्ध सुरु गर्ने भूतपूर्व सैनिक जेनरलको उद्घोष

काठमाडौं । अफगानस्तान सेनाका पूर्वजेनरल सामी सादातले तालिबान विरुद्ध नयाँ युद्ध सुरु गर्ने उद्घोष गरेका छन् । सादतले आफू तथा अन्य कैयौँ पूर्वसैनिक र राजनीतिज्ञहरूले तालिबानविरुद्ध सैनिक कारबाही गर्न लागेको बताएका हुन् ।

उनले तालिबान विरुद्धको सैन्य कारवाही इद लगत्तै सुरु हुन सक्ने बताएका छन् । तालिबानको विगत ८ महिने शासनमा अफगानस्तानका हरेक आम नागरिकले युद्दको खाँचो महशुस गरेको सादातको भनाइ छ ।

अमेरिकी नेतृत्वको नेटो सैनिक सङ्गठन फिर्ता भएसँगै कट्टरपन्थी इस्लामिक समूहले अफगानस्तानमा विगत ८ महिनादेखि शासन गरिरहेको छ । त्यसयता अफगान जनताले हरेकदिन जनताले तालिबानको कठोर शासन खेप्नुपरिरहेको भन्दै अफगानिस्तानलाई तालिबानबाट मुक्त गर्न र प्रजातान्त्रिक शासनको पुनर्बहाली गर्न आफूले सकेजति बल लगाउने सादतले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर