वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित – Nepal Press

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवार रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर