इटहरीमा पनि गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरमा सिंगल भिड्ने – Nepal Press

इटहरीमा पनि गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरमा सिंगल भिड्ने

इटहरी । प्रदेश १ का दुई उपमहानगरपाकिका धरान र इटहरी दुवैमा जसपा गठबन्धनबाट बाहिरिएको छ।

धरानमा उम्मेदवार मनोनयनअगाडि नै जसपा गठबन्धनबाट बाहिरिएको थिया । इटहरीमा पनि सहमतिको प्रयास असफल भएपछि गठबन्धनबाट बाहिरिने निर्णय भएको जसपा इटहरीका सचिव एवम् उपमेयर उमेदवार योसा गुरागाईंले जानकारी दिइन्।

‘हामीले अन्तिमसमयसम्म पनि गठबन्धनको पक्षमा पहल गर्यौ तर नेकपा एसले उपमेयर पाएपछि जसपालाई इग्नोर गरियो’, गुरागाईंले भनिन्, ‘अहिले हामी छुट्टै चुनावमा होमिएका छौँ ।’

नेकपा एसकै कारण इटहरीमा गठबन्धन हुन नसकेको उनले बताइन् । जसपाले इटहरी मेयरमा नगर अध्यक्ष डिल्ली सुब्बा र उपमेयरमा सचिव गुरगार्इंलाई उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर