विप्लवले गरेको कारवाही कञ्चन र सुर्दशनले गरे खारेज – Nepal Press

विप्लवले गरेको कारवाही कञ्चन र सुर्दशनले गरे खारेज

काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले गरेको कारवाही पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले खारेज गरेका छन् । महासचिवले आफुहरुलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी पदमुक्त गरेपछि दुवै जनाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै महासचिवको कारवाही खारेज गरेका हुन् ।

पार्टीको कविलवस्तुको शिवगढीमा सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं बैठकले उल्टै पार्टी महासचिव विप्लवको संसदीय व्यवस्थाअन्तर्गत चुनाव प्रयोग गर्ने कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहिरहेर नैतिकतासमेत गुमाइसकेको व्यक्तिले कारवाही गर्नु अवैधानिक भएको बताएका छन् । उनीहरुले यसलाई दार्शनिक रूपमा निषेधात्मक अधिभूतवाद भएको तर्क गरेका छन् ।

निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध आफुहरुमाथी यस्तो दण्डनीय कार्य गरेर स्वयम महासचिव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्णय विपरित कार्य गर्दै पदमा बसिरहनु हास्यस्पद भएको बताएका छन् ।

आफुहरुमाथी लगाइएका आरोपको खण्डन गर्दै महासचिव विप्लवलाई तथ्यका आधारमा तर्क गर्न पनि उनीहरुले चुनौती दिएका छन् । दुवै जनाले पार्टी प्रवक्तालाई विज्ञप्तीमार्फत नै प्रश्न गर्दै भनेका छन्, ‘बैठकमा नजाँदै कालीकोटमा ’म एक्लै र अरू सबै अर्कोतिर लागे पनि म नै चुनाव जित्छ’, बैठक सुरु भएपछि ’चुनावमा भाग लिने प्रस्ताव आएको छ, यही पारित हुन्छ’ र बैठकबाट फर्किएपछि निर्वाचन आयोगमा उभिएर ’चुनावमा भाग लिने मात्र होइन, मोर्चा कसेर जान्छौँ’, भन्दै कोकोहोलो मच्चाउने हामी हौँ कि तपाईंको आधिकारिक अभिव्यक्तिका रूपमा चुनिएका प्रवक्ता प्रकाण्ड रु’

यस्तै पार्टी महासचिव विप्लवलाई पनि प्रश्न गर्दै भनेका छन्, ‘महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२ औं बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईंले ’मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ रु’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोकचोकबाट निकाल्न खोजेको तर इलाकास्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र रु बरु बारम्बार ’चित्त नबुझेको भए गए पनि हुन्छ’ भनी भनेको होइन र रु अनि तपाईं कसरी संयम र उदार हुनुभयो रु’

यस्तै सचिवालय सदस्य सुदर्शनमाथी आर्थिक अपचलनको लगाएको आरोप पनि झुटो भएको बताएका छन् । उनीहरुले विज्ञप्तीमार्फत नै पार्टी जीवनको विगत सात वर्षसम्म आर्थिक जिम्मेवारीमा रहेका प्रकाण्ड र महासचिवलगायत पार्टीको आर्थिक जीवनका बारेमा स्रोत र खर्चको पारदर्शिता देखाउनसमेत चुनौती दिएका छन् ।

उनिहरुले विज्ञप्तीमार्फत नै महासचिव विप्लवलाई आफुहरुका गतिविधि १२ औं बैठकको निर्णयअनुसार भएका तर, महासचिव विप्लव र सचिवालय सदस्य प्रकाण्ड पार्टीको मान्यताबाट चिप्लिदै गएको बताएका छन् । उनीहरुले भनेका छन्, ‘हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो ।’

उनीहरुले विप्लव र प्रकाण्डले राजनीतिक चरित्रमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद बोकेर हिडेको आरोप लगाउदैँ त्यसका विरुद्ध आफुहरु संघर्षरत रहेको बताएका छन् । आफुहरुमाथी विभिन्न तत्वबाट उक्साइएको’ भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्र भएको भन्दै इमानदार नेता तथा कार्यकर्ता र जनतालाई उक्त आरोपबारे छानबिन गरी न्याय गर्न पनि आग्रह गरेका छन् ।

उनीहरुले महासचिव विप्लवले गरेको कारबाही खारेज गर्दै उल्टै विप्लव र प्रकाण्डलाई आफ्ना सम्पूर्ण गल्ती सच्याउन आग्रह गर्नुका साथै क्रान्तिकारी रूपान्तरणसहितको पार्टी निर्माण गर्न सबैलाई एकताबद्ध भएर पार्टीको झन्डामुनि गोलबन्द हुन पनि आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर