माओवादीले आफ्नो उम्मेदवार अपहरण गरेको एमालेको आरोप – Nepal Press

माओवादीले आफ्नो उम्मेदवार अपहरण गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ ।

उम्मेदवारी फिर्ता लिन दबाब दिएपछि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोक बहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो ।

एमाले नेताहरूका अनुसार आज बिहान उम्मेदवारी फिर्ताका लागि माओवादी नेता कार्यकर्ताहरूले दबाब दिएका थिए । तर उनले मानेका थिएनन् ।

तामाङको अपहरणमा निर्वाचन आयोगका अधिकृतको पनि मिलेमतो भएको आशंका रहेको एमालेले जनाएको छ । तामाङ सम्पर्क विहीन छन् ।

माओवादीका वडाध्यक्ष उम्मेदवार रेशम कार्कीले अहपरण गरेको हुन सक्ने एमालेको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर