एमालेको मुखमा बहुदलीय जनवाद, बगलीमा स्टालिनवाद : महामन्त्री शर्मा – Nepal Press

एमालेको मुखमा बहुदलीय जनवाद, बगलीमा स्टालिनवाद : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेको मुखमा बहुदलीय जनवाद र बगलीमा स्टालिनवाद रहेको टिप्पणी गरेका छन् ।

नेपाल सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको रूपमा स्वीकार एमालेलाई गाह्रो परिरहेको बताए ।

‘कमरेड ओलीका गतिविधि र बोली लोकतान्त्रिक छैनन् । उहाँले कसैको कुरा नसुनी आफ्नै पार्टीको नेता मदन भण्डारीको बहुदलीय जनवादमा विश्वास गरेको भए पनि यस्तो हुँदैनथ्यो । मुखमा बहुदलीय जनवाद, बगलीमा स्टालिनवाद बोकेर हिँड्ने गल्ती उहाँले गर्नुहुँदैन’, शर्माले भने ।

निर्वाचन एक नियमित प्रक्रिया भए पनि दलहरूबिचको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्नेमा शर्माले जोड दिए ।

उनले कांग्रेस जिम्मेवार पार्टी भएकै कारण दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारले अवरुद्ध पारेको लोकतन्त्र र संविधानको बाटोलाई खुलाएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर