माधव नेपाल भन्छन्- एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ (भिडिओ) – Nepal Press

माधव नेपाल भन्छन्- एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

नेकपा एससँग माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन,’ उनले भने, ‘आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाउँदै अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ हामीले नेकपा एस गठन गरेका हौँ ।’

उनले आफ्नो पार्टीले निर्माणको आठ महिनामै धेरै सफलता हासिल गरेको उनले दाबी गरे ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपाल भन्छन्- एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ (भिडिओ)

  1. सरि कमरेड। चुनावको नतिजा हेरुँ। गालि नगरुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर