राजदूत बेरीले देखाए नेपालीलाई अमेरिकाले चिन्ने यी चार आधार – Nepal Press

राजदूत बेरीले देखाए नेपालीलाई अमेरिकाले चिन्ने यी चार आधार

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकीहरूले नेपालीलाई चिन्ने ४ वटा महत्वपूर्ण आधारहरु रहेको बताएका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा शुक्रबार एक वक्तव्य जारी गर्दै बेरीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने सक्ने, असम्भव मानिएको पर्वतआरोह गर्ने सक्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विविधतामार्फत् विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने जारी वक्तव्यमा उल्लेख छ ।

बेरीले पुस्तौ देखी चल्दै आएको नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा पनि चलिरहने पनि बताएका छन् । वक्तव्यमा विगतमा नेपाल र अमेरिकाबीच भएका स्वास्थ्य सहयोगको बारे पनि उल्लेख गरिएको छ ।

यसैगरी बेरीले अमेरिकाले सदैव नेपालको समृद्ध इतिहासको प्रशंसा गर्ने पनि वक्त्व्यमा उल्लेख गरेका छन् । यस्तै गरी बेरीले गत फागुनमा पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौताले नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्नेसमेत उल्लेख गरेका छन् ।

यसैगरी वर्तमान समयमा पनि जलवायु संकटलाई सम्बोधन गर्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल र अमेरिकाले सहकार्य गर्दै अगाडी बढ्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर