लैंगिक अल्पसंख्यकलाई संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै सुहानाले मागिन् माफी – Nepal Press

लैंगिक अल्पसंख्यकलाई संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै सुहानाले मागिन् माफी

काठमाडौं । अधिकांश नेपाली सिनेमाहरुमा लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको पात्रकोरुपमा मात्र प्रस्तुत गरिने परिपाटी नौलो होइन । त्यसैको ज्वलन्त उदाहरण हो नेपालमा सर्वाधिक सफल मानिएको चलचित्र सिरिज ‘ए मेरो हजुर’।

‘ए मेरो हजुर’को हालै प्रदर्शनमा आएको सिक्वुएल ‘ए मेरो हजुर ४’ मात्र नभई ए मेरो हजुरका पहिला प्रदर्शनमा आएका अन्य २ भागहरुमा पनि लैंगिक अल्पसंख्यक समुदायका पात्रलाई केवल हासोको पात्र र पुरुषसँग जबर्जस्ती टासिँदै हिंड्न खोज्ने पात्रको रुपमा मात्र प्रस्तुत गर्दै आएको थियो ।

यस् सन्दर्भमा एकाध फिल्म समिक्षकले प्रश्न उठाउँदै आएता पनि फिल्म निर्माण टोलीले भने उक्त कुरालाई खाँसै ध्यान दिएको थिएन भने अन्य फिल्मकर्मीले यस विषयमा हालसम्म मुख खोलेका थिएनन् ।

यद्यपी ३ चलचित्रमा लैंगिक अल्पसंख्यक समुदायलाई खिसीट्यौरी गरे पछि फिल्मको मुख्य अभिनेत्री सुहाना थापाले लैंगिक अल्पसंख्यक समुदायसँग माफी मागेकी छिन् ।

थापाले आफ्नो इन्स्टाग्राममा स्टोरी सेयर गर्दै आफू अभिनित चलचित्रहरुमा लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको पात्रकोरुपमा चित्रण गर्ने लक्ष्य नरहेता पनि अन्जानमा यस्तो गल्ती भएको भन्दै माफी मागेकी हुन् ।

‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु।’ उनले लेखेकी छिन् । उनले आगामी दिनमा आफूहरुबाट यस्तो गल्ती नदोहोरिनेसमेत बताएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर