नेपालगञ्ज उपमहानगरका तीनजनाको उम्मेदवारी रद्द – Nepal Press

नेपालगञ्ज उपमहानगरका तीनजनाको उम्मेदवारी रद्द

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीनजनाको उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको-७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठक, उपमहानगरपालिका-३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं‍. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाइले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर