पटक-पटक सुनुवाइ रोकिएको पूर्वमन्त्री आलमको मुद्दाको पेसी आज – Nepal Press

पटक-पटक सुनुवाइ रोकिएको पूर्वमन्त्री आलमको मुद्दाको पेसी आज

काठमाडौं । पूर्वमन्त्री नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

आलामविरुद्धको मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

पटकपटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइनेमा परेको थियो ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर