सल्यानको वनगाड कुपिण्डेमा भत्कियो गठबन्धन, माओवादी र समाजवादी मिलेर चुनाव लड्ने – Nepal Press

सल्यानको वनगाड कुपिण्डेमा भत्कियो गठबन्धन, माओवादी र समाजवादी मिलेर चुनाव लड्ने

सुर्खेत । सल्यान जिल्लाको बनगाड कुभिण्डे नगरपालिकामा गठबन्धन भत्किएको छ । नेकपा समाजवादीका इन्चार्ज ज्ञानेश्वर केसी र नेकपा माओवादिका नगर इन्चार्ज टिकाराम वली लगायतले हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्तीमा नेकपा एस र माओवादी मिलेर जाने उल्लेख गरिएको छ ।

दुइ दलबीच मात्रै गठबन्धन भएपछि कांग्रेस, एमाले र एस-माओवादीबीच सो पालिकामा चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

‘निर्वाचनको विजय पश्चात गरिने कामहरु आपसी सहमतिका आधारमा गर्ने, दर्ता गरिएका र निकाल्न सहमति भएका मनोनयन पत्र दुवै पार्टीका अध्यक्षले सँगै फिर्ता गर्ने सहमति भयो ।’ विज्ञप्तीमा भनिएको, छ, ‘दुवै पार्टी संयुक्त कार्यक्रम बनाएर निर्वाचनमा होमिने संकलप्सहित अगाडी बढ्ने निर्णय गरियो ।’

दुई दलबीच आज भएको सहमति अनुसार नगरप्रमुखमा माओवादी तथा नगरउपप्रमुखमा नेकपा एसका उम्मेदवार रहने भएका छन् ।

दश ओटा वडा रहेको सो नगरपालिकामा समाजवादीले तीन वडा अध्यक्ष वडा नं. ७, ९ र १० सहित आठ पद पाउने भएको छ भने बाँकी सबै पदहरु नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको हो । माओवादीले वडा नं. १ देखि ६ वडा र ८ नम्बर वडाअध्यक्ष पाउने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर