गगन थापालाई रानाको कटाक्ष- बाख्रा पाल्न नजान्नेले ट्युसन पढाउने कुरो सुहाएन – Nepal Press

गगन थापालाई रानाको कटाक्ष- बाख्रा पाल्न नजान्नेले ट्युसन पढाउने कुरो सुहाएन

कैलाली । नेकपा एमाले कैलालीका इन्चार्ज नारद मुनी रानाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बाख्रा पाल्न नजान्नेहरू भन्दै कटाक्ष गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रणबहादुर चन्दको संकल्पपत्र सार्वजनिक कार्यक्रममा सांसद समेत रहेका रानाले थापाले बाख्रा समेत पाल्न नसकेको भन्दै व्यङ्ग गरेका थिए । थापालाई रानाले टिउसन पढाउने कुरा भन्दा बहिले बाख्रा पाल्ने कुरा सिक्न पनि आग्रह गरे ।

‘पहिला बाख्रा पाल्न सिक्नुस्,’ थापालाई लक्षित गर्दै रानाले भने, ‘बाख्रा पाल्न न जान्नेले ट्युसनको कुरा गरेको सुहाएन ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए । त्यसको प्रतिवाद गर्दै रानाले थापाको आलोचना गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर