उम्मेदवारविरुद्धको उजुरी कसरी टुंग्याउने ? आयोगले पठायो खुकुलो निर्देशिका (पूर्णपाठ) – Nepal Press

उम्मेदवारविरुद्धको उजुरी कसरी टुंग्याउने ? आयोगले पठायो खुकुलो निर्देशिका (पूर्णपाठ)

संशोधित निर्देशिकाले विराटनगरकी एमाले उपमेयर र सिन्धुलीका माओवादी उपमेयरको उम्मेदवारी सदर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुविरुद्ध परेका दावी विरोधका सन्दर्भमा निर्णय लिन निर्वाचन अधिकृतहरुलाई संशोधित निर्देशिका पठाएको छ ।

कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको बन्द सूचीमा रहेका उम्मेदवारहरुको नाम प्राविधिक कारणले आयोगको लिस्टबाट नहट्दा उम्मेदवारी नै खारेज हुने भएपछि आयोगले अन्तिम नामावली प्रकाशनको बेलासम्म हटेको सूचना आएकोलाई कायमै राख्न भनेको छ ।

यो संशोधित निर्देशिकासँगै सिन्धुलीमा गठबन्धनको उपमेयर बनेका माओवादीका दिर्घराज श्रेष्ठको उम्मेदवारी कायम हुने भएको छ । उनको नाम बन्द सूचीमा देखिएकाले निर्वाचन अधिकृतले उम्मेदवारी कायम नहुने निर्णय गरेका थिए ।

त्यस्तै एमालेबाट विराटनगरको उपमेयर बनेकी शिल्पा कार्कीको उम्मेदवारी पनि खारेज नहुने भएको छ । कोशी अन्चल अस्पताल सन्चालक समिति सदस्यबाट राजीनामा नदिई उम्मेदवार बनेको भन्दै उनकोविरुद्ध उजुरी परेको थियो ।
शिल्पाले उम्मेदवार बनेपछि राजीनामा दिएकी थिइन् । आयोले संशोधित निदेशिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म राजीनामा दिएको प्रमाण पेश गरेमा सदर हुने भनेको छ ।

त्यस्तो कालो सूचीमा रहेका व्यक्तिको हकमा पनि शुक्रबारसम्म कालोसूचीबाट हटेको प्रमाण पेश गरेमा उम्मेदवारी सदर हुने भनेको छ । त्यसैगरि बेरुजु रहेकाको हकमा पनि महालेखा परीक्षकले बेरुजु भनेको र फछ्र्यौट नगरेकाको हकमा मात्र उम्मेदवारी खारेज हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर