नेकपाको विद्यार्थी संगठन पनि विभाजित, बहुमत पदाधिकारी विप्लवको विपक्षमा देखिए – Nepal Press

नेकपाको विद्यार्थी संगठन पनि विभाजित, बहुमत पदाधिकारी विप्लवको विपक्षमा देखिए

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजनको अन्तिम संघारमा पुगिरहेका बेला उक्त पार्टीको विद्यार्थी संगटन पनि विभाजित भएको छ ।

पार्टी सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धमेन्द्र बास्तोला ‘कञ्चन’सहित बहुमत नेता निर्वाचनको विपक्षमा उभिएपछि पार्टी महासचिव विप्लवले प्रमुख दुई नेतालाई पदमुक्त गरेपछि पार्टीसँगै विद्यार्थी संगठन अखिल क्रान्तिकारी पनि विभाजित हुन पुगेको हो ।

पार्टी महासचिव विप्लवले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको प्रस विज्ञप्ती सार्वजनिक गरे लगत्तै विद्यार्थी संगठनका प्रमुख तीन जना पदाधिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पार्टी महासचिव विप्लव नै पार्टीले गरेको निर्णय विपरित गएर पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । उनीहरुले दुई जना नेतालाई गरिएको कारवाही फिर्ता लिएर पार्टीलाई एकताबद्ध बनाउन पनि विज्ञप्तीमार्फत नै आग्रह गरेका छन् ।

‘दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णय विपरीत लागेर पार्टी फुटाउन पार्टी महासचिव विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय क।धर्मेन्द्र बास्तोला र क।हेमन्तप्रकाश ओलीमाथी गरिएको कथित जिम्मेवारीमुक्तको अन्यायपुर्ण र पुर्वाग्रही कार्वाहीले हामी स्तब्ध भएका छौँ । उक्त कदम फिर्ता लिई सैद्धान्तिक, वैचारिक र राजनैतिक बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढ्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौँ ।’ संगठनका महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यष रुपा बुढामगरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमार्फत नै संगठनका अध्यक्ष प्रकाश शाहीले महासचिव विप्लवले दुई नेतामाथी गरेको कारवाही गरेको पक्षमा जारी गरिएको विज्ञप्तीप्रति पनि आपत्ती जनाएका छन् ।

‘पछिल्लो समय हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी भित्र आर्थिक अराजकता, सांगठनिक अराजकता, फुट परस्त गतिविधि र पार्टी नीति एवं नेतृत्वका विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेका थिए । यसैलाई मलजल गर्ने गरी पार्टी भित्रका केही जिम्मेवार नेता पार्टीका दुश्मनसंगको मिलेमतोमा पार्टी विरुद्ध निरन्तर लागिरहेको स्पष्ट नै थियो । उक्त अराजकताका विरुद्ध पार्टीले केही महत्वपुर्ण सांगठनिक निर्णय गरेको छ ।’ अध्यक्ष शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ।

अध्यक्ष शाहीले पार्टीको उक्त सांगठनिक निणर्यवाट संगठनका नेता तथा कार्यकतालाई भ्रममा नपर्न, पार्टी र नेतृत्वका विरुद्ध फैलाइएका भ्रम, अफवाह र हल्लाका पछि नपर्नुका साथै एकीकृत जनक्रान्ति र यसको नेतृत्वप्रति दृढ र प्रतिवद्ध रहन पनि आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर