गगनलाई ओलीको जवाफ– ट्यूसन पढाउँछु भन्नेले हाम्रा भाईबहिनीसँग बहस गरेर देखाऊ (भिडिओ) – Nepal Press

गगनलाई ओलीको जवाफ– ट्यूसन पढाउँछु भन्नेले हाम्रा भाईबहिनीसँग बहस गरेर देखाऊ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई ‘एमालेका भाईबहिनीसँग बहस गर्न’ चुनौती दिएका हुन् ।

‘नेकपा एमालेको घोषणापत्र र उम्मेदवारबारे बहसमा उत्रन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु तयार छन् भने हामी तयार छौं । भर्खर भर्खर पास गरेका भाईबहिनी भिडाइदिन्छौ , बहस गरेर आउनु’, ओलीले भने ।

नेपाली कांग्रेस गन्तव्यहीन पार्टीका रुपमा स्थापित भएको भन्दै अध्यक्ष ओलीले कांग्रेसको हालत देख्दा आफूलाई टीठ लागेको बताए ।

‘कांग्रेस कुनै गन्तव्य भएको पार्टी होइन । विचार शून्य, गन्तव्यहीन कुहिराको काग हो । कुहिराको कागको उद्देश्य पेट भर्ने मात्रै हो । कांग्रेस कुहिरोकोे काग भएको देख्दा मलाई टीठ लाग्छ’, ओलीले भने ।

उनले कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको हाँक दिन नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर