साताको अन्तिम दिन २० अंकले घट्यो नेप्से – Nepal Press

साताको अन्तिम दिन २० अंकले घट्यो नेप्से

काठमाडौं। बिहीबार सेयर बजार २० अंकले घटेको छ । ०.८४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३५६ अंकमा आएको छ ।

१ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर खरिदविक्री भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य जाल्पा सामुदायिक लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको छ । भने, सबैभन्दा धेरै सेयर कारोबार आईएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । सो कम्पनीको आज ५ करोड २५ लाख ४९ हजारको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर