सुदीपबाट सुरु भएको भाषा विवादमा अजयदेखि मुख्यमन्त्रीसम्मको इन्ट्री – Nepal Press

सुदीपबाट सुरु भएको भाषा विवादमा अजयदेखि मुख्यमन्त्रीसम्मको इन्ट्री

मुम्बई । भारतमा केही कुराहरु विवादमा तानिनु कुनै नौलो घटना होइन । जातिय मुद्दादेखि कलाकारका वक्तव्यसम्म भारतमा धेरै कुराहरु विवादमा तानिन्छन् । ति मध्ये कतिपय विवाद आम मानिसहरुकै सामाजिक संजालमा सिमित हुन्छन् भने कतिपय विवादहरुले राष्ट्रिय तहमा नै तरगं उत्पन्न गराइदिन्छन् ।

वर्तमान समयमा आफ्नो एक वक्तव्यमार्फत भारतभर तरंग उत्पन्न गराइरहेका अभिनेता हुन् किच्चा सुदीप । सुदीपले हालै मात्र एक कार्यक्रममा अब हिन्दी भारतको राष्ट्रिय भाषा नभएको टिप्पणी गरेका थिए । केजीएफ २ को प्रशंसा गर्ने क्रममा अब हिन्दी राष्ट्रिय भाषा नरहेको र हालको समयमा बलिउडले पनि क्षेत्रिय सिनेमाहरुको नै डबिङ गरेर सफल हुने प्रयास गरिरहेको उनले धारणा व्यक्त गरेका थिए ।

उनको सो वक्तव्य हाल भारतिय संजालमा भाइरल बनिरहेको छ भने धेरै मानिसले उनको पक्ष विपक्षमा तर्क दिइरहेका छ्न् । उनको सो वक्तव्यको जवाफ दिने मध्येका एक हुन् बलिउड सुपरस्टार अजय देवगन । देवगनले सुदीपको विचारलाई खण्डन गर्दै यदी हिन्दी भाषा भारतको राष्ट्रिय भाषा नभए किन उनका चलचित्र हिन्दी भाषामा डब हुन्छन् ? भनेर प्रश्नसमेत गरेका छन्।

सुदीपले सुरु गरेको भाषा विवादमा अजयमात्र नभई कर्नाटकका मुख्यमन्त्री कुमार स्वामी पनि संलगन भएका छन् । स्वामीले सुदीपको पक्ष लिदैँ अजय देवगनको टिप्पणीलाई हास्यासपद बताएका छन् भने हिन्दी भारतको राष्ट्रिय भाषा कहिल्यै पनि नरहेको बताएका छन् । यस्तै बलिउड फिल्म निर्माता राम गोपाल बर्माले पनि सुदीपको साथ दिदै क्षेत्रिय सिनेमाको सफलता देखेर बलिउड अभिनेताहरुले डाह गरिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर