पर्यटन व्यवसायी शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल प्रतिनिधि नियुक्त – Nepal Press

पर्यटन व्यवसायी शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल प्रतिनिधि नियुक्त

पर्वतारोहण र खेलकुद सम्बन्धी गतिविधिमा नेपाल र कोरिया दुवैको समन्वयकर्ता

काठमाडौं । पर्यटन व्यवसायी नेता नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ङावा ङिमा शेर्पा कोरिया सरकारको कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षमा नियुक्त भएका छन् ।

कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।

कोरियन पर्यटकहरु लक्षित सोरा ट्राभल्स एण्ड टुर्स र सियोल जीब कोरियन रेष्टुरेन्टका सञ्चालकसमेत रहेका शेर्पाले कोरियाबाट नेपाल आउने उच्चस्तरीय प्रतिनिधिमण्डलको समन्वय गर्दै आएका छन् ।

सन् १९९५ देखि कोरियन पर्यटक तथा पर्वतारोहीसँग काम गर्दै आएका शेर्पासाग अब नेपालस्थित सम्पर्क कार्यालयको अध्यक्षको हैसियतमा नेपाल आउने पर्वतारोहीलले समन्वय गर्नुपर्नेछ । यसका साथै नेपालबाट कोरियामा विभिन्न प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको समेत अनुमति सोही सम्पर्क कार्यलयबाट हुनेछ ।

हिमाल चढ्न जाने आरोहीले पनि यहिँबाट अनुमति लिएर अन्य प्रक्रिया सुरु हुनेछ । कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकाले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि उनले सो प्रमाणपत्र पाएका हुन् ।

सियोलमा आयोजित कार्यक्रममा कोरियन अल्पाइन फेडरेशनका अध्यक्ष डा.सोन जुङ होले प्रमाणपत्र हस्तान्तरण गरे । सो कार्यक्रममा शेर्पा दम्पति ङावा ङिमा शेर्पा र राजेश्वरी शेर्पा सम्मानित भएका थिए ।

कोरियन अल्पाइन फेडरेशनले कोरिया सरकारको खेलकुद र पर्वतारोहण सम्बन्धी अधिकांश कामको अनुमति दिने सरकारी एजेन्सीका रुपमा काम गर्छ । कोरियाबाट आउने आरोहीले नेपाल आएपछि शेर्पालाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

त्यस्तै नेपालबाट खेलकुदका कार्यक्रम लिएर नेपाली टोली कोरिया जाने क्रममा पनि सोही कार्यालयमा समन्वय गर्नुपर्नेछ ।

सोरा एड्भन्चर ट्रेक्स एण्ड एस्पिडिसनका सञ्चालक शेर्पा सन् २०१९ देखि सियोल नेशनल युनिभर्सिटीको नेपाल प्रतिनिधि छन् ।

उनलाई कोरियन नागरिकलाई नेपालमा सेवा र सहयोग गरेकोमा उत्कृष्ट कार्य समपादनबापत कोरियाको देइजोन नगरपालिकाले सफल कार्य समपादन सम्मान २०१८ बाट सम्मानित समेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *