संघर्ष सम्झिँदै सिर्जनाले भनिन्- आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी बिताएको छु – Nepal Press

संघर्ष सम्झिँदै सिर्जनाले भनिन्- आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी बिताएको छु

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले देशको परिवर्तनमा युवाहरूको उल्लेखनीय भूमिका रहेको बताएकी छन् ।

चुनावी ‘संकल्पपत्र’ सार्वजनिक गर्दै उनले आफ्नो युवा अवस्था संघर्ष स्मरण गर्दै युवाको त्यो संघर्षको उपहार स्वरूप युवाहरूलाई विशेष कार्यक्रम ल्याउने बताइन् ।

‘आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी पनि बिताएको छु । प्रहरी हिरासतमा पनि धेरैपटक परेको छु आन्दोलनको क्रममा । देशमा प्रजातन्त्र ल्याउने क्रममा,’ उनले भनिन्, ‘यो त्यसकारण यो देशमा युवाहरूले लोकतन्त्रमा ल्याउन ठूलो भूमिका छ । युवाहरूले धेरै दिनुभयो अब म मेयर भएपछि युवाहरूका लागि पनि काम गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर